Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

४ अंकले नेप्से बढ्दा ४ अर्ब ६० करोडको सेयर कारोबार

४ अंकले नेप्से बढ्दा ४ अर्ब ६० करोडको सेयर कारोबार

बिहिवार , पौष १८, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंकले बढ्दै २५८६ अंकमा कायम भएको हो।

बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६० करोडको भयो ।

१५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो । आज सबैभन्दा धेरै ङादी हाइड्रोपावरको १० प्रतिशतले बढेको छ।

त्यसैगरी सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९०, सिन्धु विकास बैंकको ९.७९ र सुपरमादी हाइड्रोपावरको ९.६५ प्रतिशतले सेयर बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077