Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चैतन्यले सुरु गर्‍यो 'शैक्षिक जागरण आभियान', अध्यक्ष जोशी शैक्षिक सामग्री बोकेर सुदूर पहाडमा !

चैतन्यले सुरु गर्‍यो 'शैक्षिक जागरण आभियान', अध्यक्ष जोशी शैक्षिक सामग्री बोकेर सुदूर पहाडमा !

बिहिवार , पौष १८, २०८१

कैलाली । धनगढीस्थित शिवनगरमा रहेको चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान सुरु गरेको छ ।

“शिक्षा र संस्कार‌को सङ्‌गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला” भन्ने मूल नारा बोकेर अगाडि बढेको पाठशालाले सो अभियान सुरु गरेको हो ।

दूर दराजका स्थानमा रहेका आधारभूत आवश्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेर पनि अगाडि बढ्न नसेकेका ठाउँमा गएर सक्दो सहयोग गरेर पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा सुरु गरेको जनाएको छ ।

विगतका वर्षझैं यस वर्ष पनि सहयोगार्थ स्वरुप यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो ।

यसैगरी श्री दर्जा कोट मावि धिर्कामाण्डौँ, डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको कुरा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले जानकारी दिए ।

डोटीको बोगटान फुडसिल गाउँपालिका-१ सिमचौर स्थित सिमचौर माविका विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले शिक्षासँगै संस्कार पनि आजको समाजको आवश्यकता भएको औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077