Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्विडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिंगेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा तोकेको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077