Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बुद्ध एयरको आपतकालीन ढोका खोल्ने दुई यात्रु कारबाहीमा, तिराइयो १/१ लाख जरिवाना

बुद्ध एयरको आपतकालीन ढोका खोल्ने दुई यात्रु कारबाहीमा, तिराइयो १/१ लाख जरिवाना

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । बुद्ध एयरको दुई उडानका क्रममा आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरका अनुसार आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एकरएक लाख सहयोग गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौँका लागि उक्त विमान उडेको थियो।

यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए।

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077