Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

साइबरको माध्यमबाट सरकारका कर्मचारीसहित पोखरा र चितवनबाट साढे ७८ लाख लुटियो

साइबरको माध्यमबाट सरकारका कर्मचारीसहित पोखरा र चितवनबाट साढे ७८ लाख लुटियो

शुक्रवार , पौष १९, २०८१

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) साइबरको माध्यमबाट ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

सीआईबीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले एक अनुरोध पत्र जारी गर्दै सो आग्रह गरेका हुन् ।

उनका अनुसार पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको छ । हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको अनुरोध पत्रमा उल्लेख छ ।

यस्ता विभिन्न कम्पनी तगा सर्वसाधारणहरूको साइबरको माध्यमबाट रकम लुटिएको उजुरी र त्यबारेमा अनुसन्धान भइरहेको सीआईबीदे जनाएको छ ।

उनले भने, ‘साइबर आक्रमणकारीहरूले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिने र त्यसपछि आफूहरू कुनै वालेट वा वित्तीय संस्थाबाट बोलेको भन्‍दै ओटीपी माग्‍ने गरेको उजुरीहरू आएको छ।’

उनका अनुसार साइबर आक्रमणकारीहरूले कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईको सामान आएको छ, तपाईलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउने गरेको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077