Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

शनिवार , पौष २०, २०८१

काठमाडौं । रियल मड्रिड स्पेनिस लालिगा फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भ्यालेन्सियालाई पराजित गर्दै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

भ्यालेन्सियालाई रियलले उसकै घरमा २-१ गोलले पराजित गरेको थियो।

रियलको जितमा लुका मोड्रिक र ज्युड बेलिंघमले गोल गरे । भ्यालेन्सियाको तर्फबाट ह्युगो ड्युरोले गोल गरे ।

जितसँगै एक खेल कम खेलेको एथ्लेटिको मड्रिडलाई रियलले उछिनेको छ।

रियलले १९ खेलबाट ४३ अंक जोड्दा दोस्रो स्थानको एथ्लेटिकोको ४१ अंक छ। तेस्रो स्थानको बार्सिलोनाले १९ खेलबाट ३८ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077