Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - भोलिका दिनमा पनि कांग्रेससँग सहकार्य हुनसक्छ

प्रधानमन्त्री ओलीले भने - भोलिका दिनमा पनि कांग्रेससँग सहकार्य हुनसक्छ

आइतवार , पौष २१, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन्।

च्यासलमा सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

कांग्रेस र एमालेबीच २०७९ को चुनावमै सहकार्य गर्ने प्रयास विभिन्न कारणले सफल नभएको ओलीले स्वीकार गरेका छन्।

त्यस्तै, ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति मजबुद भएका कारण प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको दाबी गरे ।

प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको अध्यक्ष ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077