Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

नेपाल-भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक

नेपाल-भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक

सोमवार , पौष २२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको एरियाभित्र पर्ने जमिन भारतीय नागरिकहरूले भोगचलन गरिराखेको अवस्था छ, यसका बारेमा सरकार जानकार छ।’

यस विषयमा सरकारले केही छलफल पनि गरिसकेको गृहमन्त्री लेखकले बताए। सरकार नेपालको भूमि र सीमाको सुरक्षाका लागि प्रतिबद्ध र रहेको पनि गृहमन्त्री लेखकले बताए।

यो समस्या कुटनीतिक तवरबाट तत्काल समाधान गर्न सरकार अघि बढेको उनको भनाई छ ।

सीमा विवाद नरहेको ठाउँमा पनि भारतीय नागरिकले नेपाली भूमि भोग चलन गरिरहेको विषयमा सरकार कूटनीतिक माध्यमबाट समाधान खोज्ने पनि गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077