Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

४९ अंकले नेप्से बढ्दा ६ अर्ब ३० करोडको सेयर कारोबार

४९ अंकले नेप्से बढ्दा ६ अर्ब ३० करोडको सेयर कारोबार

सोमवार , पौष २२, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको हो। परिसूचकसँगै कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो ।  २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे ।

हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो ।

बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077