Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अपमानित भएको भन्दै लेखराजको गृहनगरका ४६ जनाले त्यागे एमाले, फर्किए माओवादीमै

अपमानित भएको भन्दै लेखराजको गृहनगरका ४६ जनाले त्यागे एमाले, फर्किए माओवादीमै

सोमवार , पौष २२, २०८१

कैलाली । कैलालीमा नेकपा (माओवादी केन्द्र) बाट नेकपा एमालेमा गएका दजनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले एमाले भएर बस्दा आफूहरु पटकपटक अपमानित हुनुपरेको भन्दै नगर कमिटी अध्यक्ष समक्ष राजीनामा गरेका हुन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफ्ना नेता लेखराज भट्टसँगै एमालेमा गएकोमा आपसी लडाईका कारण टिक्न नसकिने उनीहरुले लेखेको राजीनामा पत्रमा उल्लेख छ।

उनीहरुले एमालेमा बस्दा पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको दाबी समेत गरेका छन्। अपहेलित भएर एमालेभित्र बस्न नसकिने भन्दै ४६ जना संगठित सदस्यले एकसाथ पार्टी परित्याग गरेका हुन्।

एमाले भएर बस्दा राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न नसकिने भन्दै उनीहरुले एकसाथ पार्टी परित्याग गरेका छन्।

ती संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077