Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मुकुल भन्छन् - कास ! रवि दाईले मैले सावधान गराएको कुरा बुझेको भए, स्थिति फरक हुन्थ्यो

मुकुल भन्छन् - कास ! रवि दाईले मैले सावधान गराएको कुरा बुझेको भए, स्थिति फरक हुन्थ्यो

सोमवार , पौष २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको सुनेको भए आज स्थिति फरक हुने टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा फेसबुकमा २०७९ साल असार १७ गते पार्टी दर्ता भएको प्रमाणपत्रसहित रवि, डिपि र आफ्रनो तस्विर साझा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, 'कास, रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो।'

अगाडि उनले भनेका छन्, 'मैले भनेको थिएँ- जीबी राईसँगको तपाईंको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ। यहाँ कागजले समस्या पारेको छ। तर, रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन।'

यस्तै उनले हिरासतमा आफूले भेट्न खोजेको तर, नदिइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077