Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कार्यक्रम रोकिएपछि ओलीमाथि रावलको आक्रोश - तानाशाही प्रवृत्तिविरुद्ध आवाज उठाऔँ

कार्यक्रम रोकिएपछि ओलीमाथि रावलको आक्रोश - तानाशाही प्रवृत्तिविरुद्ध आवाज उठाऔँ

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुनः खनिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेका अध्यक्ष समेत रहेका ओलीलाई निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको रूपमा चित्रण गरेका हुन् ।

उनी यही पुस १९ गते राति सुनसरीको बराहाक्षेत्रमा आयोजना हुन लागेको फुटबल प्रतियोगितासँग सम्बन्धित एक घटनालाई लिएर अध्यक्ष ओलीमाथि आक्रोश पोखे ।

रावलका अनुसार, पुष २० गते भरौल भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । सबै तयारी पूरा भइसकेपछि, ओली पक्षका व्यक्तिहरूले क्लबका अध्यक्षलाई धम्की दिएर कार्यक्रम स्थगन गर्न बाध्य पारेका थिए ।

रावलले दाबी गरे अनुसार, एमालेकै एक सदस्यले उक्त कार्यक्रममा उनलाई आमन्त्रण गर्ने पहल गरेका थिए। तर, ओलीले सो सदस्यलाई फोन गर्दै, 'भीम रावललाई प्रमुख अतिथिको रूपमा बोलाउनुले पार्टीलाई हानि पुग्छ,' भनी दबाब दिएका थिए।

यस घटनाप्रति उनले आक्रोश व्यक्त गर्दै भनेका छन्, 'यस प्रकारको व्यवहार ओलीको तानाशाही प्रवृत्तिको स्पष्ट प्रमाण होइन र ? यस्तो कार्यका विरुद्ध सबैले आवाज उठाउनुपर्छ।' एमालेबाट निष्कासनमा परेका डा. रावल यतिबेला मातृभूमि जागरण अभियानमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077