Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसी मिलानले जित्यो इटालियानाको उपाधि

एसी मिलानले जित्यो इटालियानाको उपाधि

मंगलवार , पौष २३, २०८१

एजेन्सी । सुपर कोप्पा इटालियनाको उपाधि एसी मिलानले जितेको छ।

गएराति साउदीको राजधानी रियादमा भएको फाइनलमा इन्टर मिलानलाई ३–२ गोलले हराउँदै एसी मिलानले आठौँ पटक सुपर कोप्पाको उपाधि जितेको हो ।

दुई गोलले पछि परेको अवस्थाबाट एसी मिलानलाई उपाधि दिलाउन हर्नान्डेज, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले गोल गरे।

इन्टर मिलानका लागि लाउतारो मार्टिनेज र मेहेदी तारेमीले गोल गरे । यससँगै मिलानले आठौँ पटक सुपर कोप्पा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077