Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एनआरएनए नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

एनआरएनए नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

मंगलवार , पौष २३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एनआरएनए नागरिकताको समस्या छिट्टै समाधान हुने बताएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुने बताए।

गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसद्को आगामी अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077