Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज पनि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आज पनि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँमै स्थिर रहेको हो।

हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो। गएको आइतबार एक हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य त्ययताका दुई दिन घटबढ् भएको छैन।

गएको शुक्रबार एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ५३ हजार पाँचसय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ कायम भएको छ। गएको शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार आठसय १० रुपैयाँ कायम भएको थियो।

आइतबार र सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077