Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संविधान संशोधनबाट देशका समस्यालाई सम्बोधन गर्छौं : प्रदीप ज्ञवाली

संविधान संशोधनबाट देशका समस्यालाई सम्बोधन गर्छौं : प्रदीप ज्ञवाली

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समस्याहरूलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । उनले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताए ।

उपमहासचिव ज्ञवालीले संविधान निर्माणपछि मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यास गरिरहेको बताए ।

उपमहासचिव ज्ञवालीले भने, ‘क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ । सबैकुरा संविधान संशोधनमार्फत सबै समस्याहरूको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरू पनि हामीले सुन्छौं, त्यो गलत हो भन्ने मलाई लाग्छ ।’

नेता ज्ञवालीले क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताए ।

यी सबै समस्याहरूको समाधान संविधान संशोधनबाट मात्र खोज्न नहुने उनको भनाइ छ ।

नेता ज्ञवालीले संविधानमा अन्तरनिहीत कतिपय कमजोरीका कारण अहिलेको समस्या देखिएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077