Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शीर्ष नेताहरू नै संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा

शीर्ष नेताहरू नै संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरू नै संघीयताप्रति उदार बन्न नसकेको आरोप लगाएका छन् ।

ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तर्क्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताए।

महामन्त्री थापाले भने, ‘शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको हो।हामी कोही पनि संघीयताप्रति उदार छैनौं । हामी एकदमै अनुदार छौं । हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौं भन्ने छैन।’

राजनीतिक दलका नेताहरूले यो शासकीय संरचनाको जिम्मेवारी लिने महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले शीर्ष नेताहरू संघीयताप्रति अनुदार हुँदा विकासका कामहरू हुन नसक्ने बताए ।

नयाँ र क्षेत्रीय दलहरूसँग सरकारमा सहकार्य गर्दा पनि उनीहरूले पनि अडान राख्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077