Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एक वर्षभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित, जनतासँगको अभियानपछि मिति तोकिने

एक वर्षभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित, जनतासँगको अभियानपछि मिति तोकिने

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने भएको छ। मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले एक वर्षभित्र पार्टीको नवौं महधिवेशन गर्ने अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

महाधिवेशनमा जानुअघि आउँदो फागुन १ गतेदेखि विशेष अभियान चलाउने र असारमा बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्ने अध्यक्ष प्रचण्डले बताए।

बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने–‘महाधिवेशनमा जाने नै हो । जनताले माओवादीमाथि भरोसा गरेकै छ। अभियान पनि महाधिवेशनकै तयारी कै रुपमा हुनेछ। पहिलो ६ महिना जनजागरण अभियानमा जान्छौं, अर्को ६ महिनामा महाधिवेशनतिर जाने हो।’

गत २१ गतेदेखि सुरू भएको बैठकमा राजनीतिक तथा सांगठनिक प्रस्ताव राख्दै अध्यक्ष प्रचण्डले नवौं महाधिवेशन छिट्टै गर्ने बताएका थिए। तर बैठकमा प्रतिवेदनमाथि विचार राख्ने क्रममा उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा लगायतले विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए।

तर अध्यक्ष प्रचण्डले अहिले माओवादीमाथि जनताको भरोसा बढेको भन्दै पहिले जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि महाधिवेशनको मिति तोक्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077