Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संविधान संशोधन तत्काल हुँदैन : प्रधानमन्त्री ओली

संविधान संशोधन तत्काल हुँदैन : प्रधानमन्त्री ओली

मंगलवार , पौष २३, २०८१

काठमाडौं । प्रधानमन्त्री समेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल संविधान संशोधन नहुने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका हुन् ।

समापन समारोहमा उनले भने–‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर २०८७ मा मात्रै हुन्छ ।’

प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘८३ साल होला’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने–‘मैले ८७ सालमै भनेको ।’

ओलीले भने–‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं । तर, राष्ट्रिय सभाका कारण संभव भइरहेको छैन । संविधान संशोधन त गर्ने नै हो । तर २०८७ मा ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077