Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भीम रावल धम्काएर खान सिपालु मान्छे हो, पिलो निचोरिँदैमा वजन घट्दैन : ओली

भीम रावल धम्काएर खान सिपालु मान्छे हो, पिलो निचोरिँदैमा वजन घट्दैन : ओली

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावल धम्काएर खान सिपालु मान्छे भएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको निष्कासनमा परेका डा. रावललाई सो आरोप लगाएका हुन् ।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै समापन गरे ।

बैठकमा केन्द्रीय सदस्यहरुले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माम गरेका थिए । जवाफमा ओलीले कारबाही पुर्नविचार/पुनरावलोकन नहुनेमात्र नभई उनीहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिए । उनले पिलो निचोरिँदैमा आफ्नो वजन नट्ने जवाफ दिए ।

उनले रावलको जिल्ला जाँदा कांग्रेसका नेताहरु फूलमाथि लिएर आएको तर उनी देखासमेत नपरेको भन्दै गुनासो गरे । ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उनी देखा समेत परेनन्,’ ओलीले अगाडि भने, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो ।’

त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077