Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

ठूला कुरा गरे विन्दा र उषालाई पनि पार्टीबाट निकाल्ने ओलीको चेतावनी

ठूला कुरा गरे विन्दा र उषालाई पनि पार्टीबाट निकाल्ने ओलीको चेतावनी

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने चेतावनी दिएका छन् ।

पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् ।

पार्टी कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उनीहरुलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने आवाज उठाएका थिए ।

तर जवाफमा ओलीले कारबाही पुर्नविचार/पुनरावलोकन नहुनेमात्र नभई उनीहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिए । बिन्दा र उषाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन थामिन सकिन्छ जस्तो लाग्दैन। अर्को बैठकमै पार्टीबाट बिदाको निर्णय हुन सक्छ। चम्केर बोल्ने ?’ उनले जवाफ दिने क्रममा भनेका थिए ।

साथै अध्यक्ष ओलीले विन्दा र उषा कहिल्यै पार्टीको पक्षमा नबोलेको बरु पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077