Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

लेखराजको सचिवालयले भन्यो - तथ्यहीन हल्लाका पछाडि नलागौं, एमालेलाई निर्णायक शक्ति बनाऔँ

लेखराजको सचिवालयले भन्यो - तथ्यहीन हल्लाका पछाडि नलागौं, एमालेलाई निर्णायक शक्ति बनाऔँ

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी परित्याग गरेको समाचारप्रति उनको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

केही दिनयता सामाजिक सञ्जालमा लेखराजले पार्टी परित्याग गरेको भन्दै पोस्टहरु भाइरल भइरहेका छन् । तर यता उनको सचिवालयले गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलाग्न अनुरोध गरेको हो ।

'केही दिनयता सामाजिक सञ्जाल र केही अनलाईनहरूमा हाम्रो गौरवशाली पार्टी नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज क. लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको समाचारमा गम्भीर ध्यानाकर्षण भएको छ,' नेता भट्टको सचिवालयले भनेको छ, 'सम्पूर्ण शुभचिन्तक तथा नेकपा एमालेका नेताकार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलागी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न अनुरोध छ ।'

साथै बिचार ,सिद्दान्त र कर्मले लड्न नसक्ने असामाजिक तत्वहरूले नेकपा एमालेको राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर पार्ने बदनीयतले यस्ता तथ्यहीन कुप्रचार गर्ने कार्य जारी राखेमा कानुनी कारवाहीको प्रक्रियामा जाने पनि चेतावनी दिइएको छ ।

केही दिन अगाडी मात्रै लेखराजको गृहनगरका पूर्व माओवादीहरुले आफू एमालेमा हुँदा अपमानीत हुनु परेको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

तर त्यसको भोलीपल्ट केही व्यक्तिहरुले आफू एमालेमै रहेको भन्दै फेरि विज्ञप्ति जारी गरेका थिए । त्यस यता समाजिक सञ्जालमा पनि लेखराज भट्टले पार्टी परित्याग गरेको भन्दै पोस्टहरु भाइरल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077