Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप्ने सरकारको निर्णय

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप्ने सरकारको निर्णय

मंगलवार , पौष २३, २०८१

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालका चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष थप्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्न सिफारिस गरेका थिए ।

उनीहरुको कार्यकाल एक वर्ष लम्बिएसँगै एक जनालाई आईजीपी बन्ने बाटो समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077