Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिसो बढेपछि गौरका विद्यालय तीन दिनका लागि बन्द

चिसो बढेपछि गौरका विद्यालय तीन दिनका लागि बन्द

बुधवार , पौष २४, २०८१

रौतहट । केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै जाडो बढेपछि रौतहटका विद्यालय बन्द भएका छन् ।

चिसोले रौतहटका नागरिकको जनजीवन प्रभावित बनेको छ। केही दिनयता घाम नलागेका कारण थप समस्या भएको हो । जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन्।

गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिए।

चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल देखिँदैन । चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077