Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

लगातार दुई दिन स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077