Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रचण्डले भने - शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्छ

प्रचण्डले भने - शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्छ

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्ने बताएका छन् ।

राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६औं स्मरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ त्यसलाई इन्कार गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने,‘मलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको थियो । तर, मैले त्यसलाई इन्कार गरिरहेँ । हामीले जसरी १२बुँदे समझदारी र शान्तिसम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ ।’

बिचलित भएर सहमतिबाट दायाँबायाँ भए शान्तिप्रक्रिया अझै धेरै वर्ष अलपत्र पर्न सक्ने भन्दै उनले यसमा निरन्तर सहमतिको प्रयास भइरहेको बताए ।

केही राजनीतिक शक्तिहरूले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रूपमा लिएका कारण पनि शान्तिप्रक्रियाका बाँकी काम टुंगिन समस्या आएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077