Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देशभक्त युवाहरूको साथ देखेर बामालेहरू तर्सिए, मलाई 'राजावादी' भन्नु हास्यास्पद : भीम रावल

देशभक्त युवाहरूको साथ देखेर बामालेहरू तर्सिए, मलाई 'राजावादी' भन्नु हास्यास्पद : भीम रावल

बुधवार , पौष २४, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई 'राजावादी' भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बामालेहरूले आज देशभक्त युवाहरूको समर्थनलाई राजावादी भन्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

उनले विराटनगर र सुनसरीको भ्रमणका क्रममा देशभक्त युवा युवतीहरूले दिएको समर्थनलाई लिएर गरिएको आलोचनालाई उनले हास्यास्पद भनेका छन् ।

रावलले भने, 'हामी आन्दोलनमा रहेको बेला 'पञ्चायतको आमा' भनेर चिनिने डा. तुलसी गिरीसँग गोप्य साँठगाँठ गर्ने, चुनाव जित्न राजेन्द्र लिङ्देनसँग सहकार्य गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, भ्रष्ट र विचौलियाहरूलाई कम्युनिस्ट पार्टीले प्रतिक्रियावादी भनेका पात्रहरूसँग सत्ता साझेदारी गर्ने केपी ओलीका बामालेहरूले मलाई 'राजावादी' भन्नु अत्यन्तै हास्यास्पद छ।

उनले भ्रष्टाचार, बेथिति र कुशासनको विरोध गर्ने तथा देशको स्वाधीनता र स्वाभिमानको पक्षमा उभिने सम्पूर्ण देशभक्तहरूलाई एकजुट हुन आग्रह गरे । 'देश र जनताको सर्वोपरी हित, स्वाधीनता र स्वाभिमान चाहने र भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध उभिने सम्पूर्ण देशभक्तहरूलाई एकजुट हुन मैले आव्हान गरेको छु,' उनले भने ।

साथै उनले देशभक्त युवाहरूले आफूलाई साथ दिँदा कति पोलेको भन्दै प्रश्न गरे । डा. रावलले प्रश्न गर्दै भने, 'जस्तासुकै अपराध, भ्रष्टाचार र कुकर्म गर्नेहरूलाई पार्टी र सरकारका ठूलठूला पदमा राख्नेहरूलाई देशभक्त युवाहरूले मलाई साथ दिँदा कति पोलेको ?'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077