Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

जनमत पार्टीका अध्यक्ष राउतले भने - दुई दलीय तानाशाही प्रणाली नेपाललाई चाहिएको छैन

जनमत पार्टीका अध्यक्ष राउतले भने - दुई दलीय तानाशाही प्रणाली नेपाललाई चाहिएको छैन

बिहिवार , पौष २५, २०८१

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्।

सामााजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले दुई दलीय प्रणालीको आपत्ति जनाएका हुन्।

उनले धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको आरोप लगाए ।

अध्यक्ष राउतले लेखेका छन्,‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन् । कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस्। त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख ३०–४० लाख जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन। हामी संघर्षका लागि तयार छौं। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

समानुपातिक सिट प्राप्तिका लागि राजनीतिक दलले प्रतिनिधिसभामा सदर मतको कम्तिमा पाँच प्रतिशत र प्रदेशसभामा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राखेर सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको उनले बताए।

मौजुदा निर्वाचन कानुनमा प्रतिनिधि सभामा तीन प्रतिशत र प्रदेश सभामा डेढ प्रतिशतको थ्रेस होल्ड छ। अहिले त्यसलाई दोब्बर बनाउने गरी निर्वाचन कानुनको संशोधन प्रक्रिया अघि बढाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077