Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादव र प्रेम सुवालबीच चर्काचर्की

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादव र प्रेम सुवालबीच चर्काचर्की

बिहिवार , पौष २५, २०८१

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच चर्काचर्की परेको हो ।

आफूले असहमति जनाउँदा जनाउँदै सभापति यादवले बैठकका निर्णयहरू सुनाएको र कुरा राख्न पनि समय नदिएको भन्दै सुवाल सभापति यादवमाथि खनिएका थिए ।

सांसद सुवालले कुरा राख्दै गर्दा औंला उठाएको भन्दै सभापति यादवले औंला तल राख्न भनेका थिए।

सभापति यादव कडा स्वरमा बोलेपछि छेवैमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सभापति यादवलाई सम्झाउन खोजेका थिए।

सभापति यादवले सांसद सुवाललाई आफ्ना असहमति राख्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077