Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चौरपाटीमा सुरु भयो ‘राष्ट्रपति रनिङ शिल्ड’, अध्यक्ष भीमबहादुरले गरे उद्घाटन !

चौरपाटीमा सुरु भयो ‘राष्ट्रपति रनिङ शिल्ड’, अध्यक्ष भीमबहादुरले गरे उद्घाटन !

बिहिवार , पौष २५, २०८१

अछाम । चौरपाटी गाउँपालिकामा १५औँ गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ । पालिकाको खेकुद मैदानमा आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले गरेका हुन् ।

प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष साउँदले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने उत्कृष्ट खेलाडीलाई सम्पुर्ण व्यवस्था सहित प्रशिक्षण दिने बताए ।

उनले खाना बस्न लगायतको व्यवस्था पालिकाले गर्ने बताए । उनले आफूसँग भएको खेल निष्पक्ष भएर देखाउन पनि विद्यार्थीहरुलाई अनुरोध गरे ।

गाउँपालिकाका विभिन्न ८ विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितालाई गाउँपालिकाले प्रायोजन गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला भलिबलसहित एथलेटिक्सका विभिन्न विधाहरूमा प्रतिस्पर्धा हुनेछ । पालिका खेलकुद बिकास समितिका अध्यक्ष तुल बहादुर साउँदका अनुसार, एथलेटिक्सतर्फ छोटो तथा लामो दूरीको दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो, कबड्डी र सटपुट जस्ता विधाहरू समावेश छन् ।

प्रतियोगिताका विजेतालाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, प्रथम स्थान प्राप्त गर्ने विद्यालयका खेलाडीहरूले जिल्ला, प्रदेश, र सङ्घीयस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाउने व्यवस्था रहेको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न आयोजना गरिने यो प्रतियोगिता खेलकुदमैत्री वातावरण निर्माणमा सहयोगी हुने विश्वास गरिएको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतियोगिता उद्घाटन समारोहमा चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँदसहित, उपाध्यक्ष सरदेवी खड्का, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, गाउँपालिकाका पूर्वअध्यक्ष हर्क बहादुर साउँद, माओवादी केन्द्रका नेता राम बहादुर थापा, एमालेका नेता राम आउजी, महिला सञ्जाल चौरपाटीकी अध्यक्ष क्षेत्र खड्का, पत्रकार, शिक्षक, विद्यार्थी लगायत अभिभावकहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077