Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच बिहीबार साँझ भेटवार्ता भएको हो ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा भेटको एक तस्बिर साझा गर्दै लिङ्देनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिएको बताए ।

लिङ्देनले भेटका क्रममा विविध पक्षमा कुराकानी भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077