Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रवि रिहा भएपछि रास्वपा कास्कीले भन्यो - ढिलै भए पनि सत्यको जित भयो

रवि रिहा भएपछि रास्वपा कास्कीले भन्यो - ढिलै भए पनि सत्यको जित भयो

शुक्रवार , पौष २६, २०८१

पोखरा । निलम्बित केन्द्रीय सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले सत्यको जित भएको प्रतिक्रिया दिएको छ ।

रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।

'ढिलै भए पनि सत्यको जित भएको छ,' '८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ,' विज्ञप्तिमा उललेख छ ।

अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।

सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077