Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सन्दीप लामिछाने भन्छन् - नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छ

सन्दीप लामिछाने भन्छन् - नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छ

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधार गर्नु आवश्यक रहेको बताएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताएका हुन् । उनले अम्पायरिङ लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम नचालिएको बताए।

लामिछानेले लेखेका छन्,‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ।हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ।'

हाल जारी जय ट्रफी एलिट कपमा सहभागी बाग्मती प्रदेश टीमका कप्तान रहेका लामिछानेले खेलको निष्पक्ष विकास र खेलाडीको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077