Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुस दिन अस्वीकार गरेपछि सचिवले बनाइदिए जीवित व्यक्तिकै मृत्यु प्रमाणपत्र

घुस दिन अस्वीकार गरेपछि सचिवले बनाइदिए जीवित व्यक्तिकै मृत्यु प्रमाणपत्र

शुक्रवार , पौष २६, २०८१

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा घुस दिन अस्वीकार गरेपछि सचिवले जीवित व्यक्तिकै मृत्यु प्रमाणपत्र बनाइदिएका छन् ।

आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक पुरुषले घुस दिन अस्वीकार गपछि बदला लिन गाउँ पञ्चायत सचिवले उनकै मृत्यु प्रमाणपत्र बनाइदिएका हुन् ।

पीडितले डीएमलाई गुनासो गरेपछि सचिवलाई निलम्बन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो सम्पूर्ण मामला हरदोई जिल्लाको कोठावन विकास खण्डको अटवा गाउँको हो ।

यहाँका विश्वनाथकी श्रीमती शान्ति देवीको १९ डिसेम्बर २०२४ मा मृत्यु भएको थियो । त्यसपछि विश्वनाथ आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गाउँ पञ्चायत सचिव सरिता देवीकहाँ गएका थिए ।

विश्वनाथका अनुसार सुरुमा सरिता देवी मृत्यु प्रमाणपत्र बनाउन हिचकिचाइन् । त्यसपछि उनले मृत्यु प्रमाणपत्र जारी गर्न दुई हजार रुपैयाँ माग गरिन् । जब विश्वनाथले सचिवलाई घुस दिन अस्वीकार गरे।

उनले विश्वनाथलाई धेरै दौडाए। अन्तमा प्रमाणपत्र बनाउँदा श्रीमती शान्ति देवीको होइन बरू बनाइदिएको समाचारमा उल्लेख छ । सरिता देवीले विश्वनाथ 'विश्वनाथको' मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिन् ।

विश्वनाथले घटनास्थलमा प्रमाणपत्र राम्रोसँग देख्न नसकेको बताए । तर, जब उनी घर गए र प्रमाणपत्र देखे उनी छक्क परे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077