Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमति तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ

संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमति तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका हुन् ।

उनले दुई दलबिच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पारे।

संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने सञ्चारमन्त्री गुरुङले बताए ।

संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने सञ्चारमन्त्री गुरुङको भनाई छ ।

संविधान संशोधनलाई राष्ट्रिय एजेन्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077