Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यू-१९ विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाई

यू-१९ विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाई

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरेको छ ।

मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको क्यानले आज एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरे ।

बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे। नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077