Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता

सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

नेकपा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार सिंहदरबारमा भेटवार्ता गरेका हुन् ।

शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन पुगेका थिए।

पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेको राप्रपाले जनाएको छ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान समारोह गर्दैछ।

यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077