Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

शनिवार , पौष २७, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको हो ।

चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१ दशमलव एक प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077