Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सत्ता गठबन्धन तीन वर्षसम्म चल्छ : महामन्त्री थापा

सत्ता गठबन्धन तीन वर्षसम्म चल्छ : महामन्त्री थापा

शनिवार , पौष २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन तीन वर्षसम्म चल्ने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आम निर्वाचनसम्म चल्ने दाबी गरे।

महामन्त्री थापाले कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बनेको बताए।

अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले पनि गर्व गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता रहेको थापाको भनाइ छ।

संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाले बताए।

विगतमा एमाले र कांग्रेस मिलेर गठन भएका सरकारले जनतालाई राम्रो हुने काम गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077