Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

शनिवार , पौष २७, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोसन गरेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।

गृहमन्त्री लेखकले भने, 'हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ । हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ । शासकियसुधारसंग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन । थप पनि उद्योगहरुको वातावरण निमार्णका लागि सरकारले हमेशा निजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।'

चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेश मार्फत शंसोधन गर्ने सरकारले निर्णय गरेको उनले बताए ।

गृहमन्त्री लेखकले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्त महत्वपूर्ण निर्णय गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077