Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तोलामा १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला आठ सय रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला १६०० सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077