Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

आइतवार , पौष २८, २०८१

काठमाडौं । जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिसले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो।

आइतबार जनकपुरमा बागमतीले दिएको ११६ रनको लक्ष्य पुलिसले ५ विकेटको क्षतिमा पूरा गर्‍यो। त्यसअघि दोस्रो इनिङग्समा बागमती २१८ रनमा अलआउट भएपछि पुलिसले ११६ रनको लक्ष्य पाएको थियो।

दोस्रो इनिङग्समा बागमतीका लागि रित गौतमले ५२ रन र शुभ कंसाकारले ७० रनको योगदान दिएका थिए। तर अरु ब्याटर टिक्न नसकेपछि पुलिसले ११६ रनको लक्ष्य पाउन सफल भयो।

दोस्रो इनिङग्समा बलिङमा पुलिसका लागि ललितनारायण राजवंशीले ३ विकेट लिए भने श्रवण यादवले २ विकेट हात पार्न सफल भए। गुल्सन झा, रशिद खान, कुशल भुर्तेल र प्रेम तामाङले १/१ विकेट लिए।

पहिलो इनिङग्समा बागमती ११२ रनमै अलआउट हुँदा पुलिसले २१५ रन जोडेको थियो। ब्याटिङमा बामगतीका लागि ओपनर इशान पाण्डेले ७१ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्।

बलिङमा पुलिसका ललितले ४ विकेट लिए भने श्रवण यादवको नाममा ३ विकेट रह्यो। कप्तानको भूमिकामा रहेका कुशल भुर्तेलले २ विकेट लिए। पुलिसका लागि ब्याटिङमा अमृत श्रेष्ठले ७९ रन र अर्जुन साउदले ७७ रन बनाएका थिए।

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए भने नन्दन यादव र प्रतिश जिसीले २/२ आ-आफ्नो नाममा लेखाए। अब आर्मी र पुलिसबीच उपाधि भिडन्त तीन दिन हुनेछ। वीरगञ्जमा हुने फाइनल मंगलबारदेखि सुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077