Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माघका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

माघका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

सोमवार , पौष २९, २०८१

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

वाणिज्य बैंकहरुले माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन्।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ।

ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ ।

बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ । ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ ।

यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ तोकेको छ । पुस महिनामा यस बैंकको ब्याजदर व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ कायम थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077