Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ किनबेच ?

सोमवार , पौष २९, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077