Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईएसएमटी कलेजद्वारा ‘आइएसएमटी चितवन फेस्ट २०२५’को आयोजना

आईएसएमटी कलेजद्वारा ‘आइएसएमटी चितवन फेस्ट २०२५’को आयोजना

सोमवार , पौष २९, २०८१

चितवन । आईएसएमटी कलेज चितवनले माघे संक्रान्तिको दिन ‘आईएसएमटी चितवन फेस्ट २०२५’को आयोजना गर्ने भएको छ । भरतपुर महानगरपालिका–१२ मा अवस्थित आईएसएमटी कलेजले आफ्नै प्राङ्गणमा उक्त कार्यक्रम गर्न लागेको हो ।

पढाइका साथसाथै मनोरञ्जन गराउने उद्देश्ययले आयोजित उक्त कार्यक्रमममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला, गायन र नृत्य प्रस्तुत गर्ने कलेजले जनाएको छ ।

साथै उक्त कार्यक्रममा नेपालकै चर्तित ब्याण्ड ‘द इलिमेन्ट्स’ को पनि प्रस्तुत रहने आईएसएमटी कलेजले जनाएको छ ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी सण्डरल्याण्ड कै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए, बीएचएम, आईटी(सीएसई, बीएससी(हन्स), साइबर सेक्युरिटी एण्ड डीजीटल फोरेन्सीक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077