Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

सोमवार , पौष २९, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा अडिएको हो।

नेप्से घटे पनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ। यसदिन ३२२ स्क्रिप्सको १ करोड ३८लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार २५ अंकले घटेको सेयर बजारमा ३ अर्ब बराबरको सेयर कारोबार भएको थियो। आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बराही हाइड्रोपावरको सेयर १० प्रतिशतले बढयो। सुपर मादी हाइड्रोपावरको सेयर ८.९७ प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैंकको ८.८१,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.४१ र नेपाल एसबीआई बैंकको ७.३० प्रतिशतले बढ्यो।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी रिभर फल्स पावरको सेयर ८।३६ प्रतिशतले बढ्दा कुमारी धनवृद्धि योजनाको ४.६३ ले बढ्यो।

कारोबारमा आएकामध्ये ६३ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,होटल्स एण्ड टुरिजम र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढिले घटे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077