Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

मंगलवार , माघ १, २०८१

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।  चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि मल्ललाई पक्राउ गरिएको हो ।

युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।

उक्त जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो ।

चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077