Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बालकलाई अपहरण गरेको आरोपमा तीनजना पक्राउ, पेस्तोल पनि बरामद

बालकलाई अपहरण गरेको आरोपमा तीनजना पक्राउ, पेस्तोल पनि बरामद

मंगलवार , माघ १, २०८१

सर्लाही । सर्लाहीमा १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय विक्रम पासवान र भारत बिहार राज्य सितामडी राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेको भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको घरको कोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गर्न सफल भएको हो ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, गोली २ राउण्ड, मोबाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बीआर ०६ बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले अदालतबाट अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077