Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

काठमाडौंमा गुन्डागर्दी, कानै छिनाल्दा पनि प्रहरीले गुण्डालाई पक्राउ गरेन

काठमाडौंमा गुन्डागर्दी, कानै छिनाल्दा पनि प्रहरीले गुण्डालाई पक्राउ गरेन

मंगलवार , माघ १, २०८१

काठमाडौं । प्रहरी रक्षात्मक बन्दा काठमाडौंमा गुन्डागर्दी बढ्न थालेको छ । दुई महिनाअघि लाजिम्पाटमा एक व्यवसायीको रड प्रहार गरी हत्या प्रयास भएकोमा त्यही शैलीमा बालाजुमा सोमबार आक्रमण भएको छ ।

बालाजुको साङलेमा सोमबार दीपक पण्डित ‘डुडे’को आक्रमणबाट टोखाका रोशन पण्डित गम्भीर घाइते भएका छन् । उनको कान र टाउकोमा गम्भीर चोट लागेको छ ।

आक्रमणबाट कानै चुडिएपछि पीडित रोशनको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको उनको परिवारले जनाएको छ । यस्तो जघन्य अपराधमा पनि प्रहरीले मुद्धा दर्ता नगरेर खुलमखुल्ला हिड्न दिएको पीडित परिवारको गुनासो छ ।

तर, यो घटनामा प्रहरीको भूमिका समेत शंकास्पद देखिएको छ। मंगलबारसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन भने जाहेरी समेत लिन नमानेपछि गुन्डा नाइके डुडेसँग प्रहरीको मिलेमतोको आशंका बढेको छ ।

प्रहरी वृत्त बालाजुका डिएसपी दानबहादुर थापाले जाहेरी लिन नमानेको स्रोत बताउँछ । दीपक डुडेलाई जोगाउन कांग्रेस नेताहरु समेत लागेका छन् । यस्तो गम्भीर घटनामा प्रहरीको भूमिकालाई लिएर प्रश्न उठेको छ ।

यस्तै प्रवृत्तिले काठमाडौंमा गुन्डागर्दी बढ्न थालेको छ । आक्रमण गर्ने डुडे यसअघि ज्यान मार्ने उद्योगमा र ब्राउन सुगरसहित पक्राउ परी जेल सजाय भोगेर छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077