Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिमको सहज जित

मंगलवार , माघ १, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले सहज जित निकालेका छन् ।

मंगलबारदेखि धनगढीमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको हो ।

खेलमा गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

आजै भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित निकालेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो ।

आजदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम गरी नौ टोलीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077